नेपाली टोपी नेपालीको शान, मान र पहिचान

Event Date: 01 Jan 2018 | Source: NRNA PORTUGAL
नेपाली टोपी नेपालीको शान, मान र पहिचान
१ जनवरी २०१८ का दिन ३ बजे अलमेदा पार्क जाऔ, पाँचौ अन्तराष्ट्रिय नेपाली टोपी दिवस भब्यताका साथ मनाऔ ।
विगतका वर्षहरुमा जस्तै यो वर्ष १ जनवरी २०१८ मा पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाऔं ।
नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका र परम्परागत नेपाली टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जातजातिको आफ्नै टोपी पनि छन् । अन्र्तराष्ट्रिय नेपाली टोपी दिवसमा आफनो क्षेत्र, जाति जनजातिले आफ्नै टोपी टाउकोमा लगाइ आ आफ्नो मौलिक पोशाक लगाएर मनाउन सकिने खुकुलो दिवसको रुपमा मनाऔ । यसले अन्र्तराष्ट्रिय रुपमा नेपालीपनको प्रबर्धन र प्रचार गर्न मदत पुग्दछ । फाल्सोरुप् पोर्चुगलमा बसोबास गर्नुहुने नेपाली दाजु भाई तथा दिदी बैनी र सम्पूर्ण संघ सस्थालाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ !!!
कुबेर कार्की
अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगल