1ST NEPAL FESTIVAL 2018 PORTUGAL

Event Date: 15 Apr 2018 | Source: NRNA PORTUGAL
विषयः अतिथिको रुपमा सादर निमन्त्रणा गरिएको बारे ।

उपराक्त सम्बन्धमा गैरआवासीय नेपाल सघं राष्ट्रिय समन्वय परिषद पोर्चुगलले युरोपेली मुलुक पोर्चुगलमा नेपाली नयाँ वर्ष २०७५ को अवसरमा NEPAL FESTIVAL 2018 राजधानी लिस्वन स्थित मार्टिम मुनिजमा यही २०१८ अप्रिल १५ तारिक आईतवारका दिन नेपाली कन्सुलेट लिस्बनको प्रमुख संरक्षकत्व, पर्यटन प्रबद्र्धन प्रतिनिधि, चेम्बर अफ कमर्श सहित पोर्चुगलका सम्पुर्ण संघ संस्थाहरुको सह–आयोजना एवं नेपाली दाजु भाई, दिदी बहिनीहरुको सक्रीय सहभागीतामा नेपाली लोक संस्कृती, कला, परम्परा, रितिरिवाज, झाँकी, नेपाली खाना, नेपाली हस्तकला लगाएत नेपाल भ्रमण वर्ष २०१८ को प्रचार प्रसार गर्ने उद्देश्य सहित सु–सम्पन्न हुन गइ रहेको सहर्ष जानकारी गराउदछौं । यस ऐतिहासिक कार्यक्रममा नेपाली कलाकारहरुद्वारा विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुने साथै विभिन्न जातिय भेषभुषा झल्कने नृत्य तथा साँस्कृतिक झाँकीहरु सहितको प्रस्तुति रहनेछ ।
यस ऐतिहासिक कार्यक्रममा तपाईको गरिमामय उपस्थितिको लागि विनम्र अनुरोध गर्दछौं ।



कुवेर कार्की
अध्यक्ष

निराजन सुबेदी
महासचिव