गैर आवासीय नेपाली संघ पोर्चुगलमा विधिवत दर्ता रहेको

Published On: Sunday, January 21, 2018 | Source: NRNA PORTUGAL
गैर आवासीय नेपाली संघ पोर्चुगलमा दर्ता नभएको र दर्ताको निर्णय गर्न बैठक बस्ने भन्ने बारेमा प्रकाशित समाचार प्रती हाम्रो ध्यानाकर्षण भएको छ । यस बारेमा केही अनलाइन मिडियाबाट यस संस्थाको अधिकारीक रुपमा दर्ता नभएको भन्ने बिषय लगायत केही अन्य बिषय बस्तु जुन रुपमा निकालिएको छ यसमा कुनै सत्यता नभएको जानकारी यहाँहरुलाई गर्दछौ। यस्ता कपोकल्पित कुराहरुले हामीसबैलाई नराम्रो सन्देस मात्र दिने कोसिस गरिएको भान हुन्छ । आगामी दिनमा यस सस्थासँग सम्बन्धित कुनै बिषय बस्तुको बारेमा आधीकारीक सत्यता नभएको बिषयमा मेडियाहरुमा सुचना सम्प्रेषण तथा प्रकाशित नगरिदिन हुन सम्बन्धित सबैलाई अनुरोध गर्दछौ !साथै कुनै जानकारी आवश्यक परेमा संस्थाको आधिकारीक व्यक्तित्वहरु अथवा आफै उपस्थित हुन नसकेमा संस्थाको ईमेल मार्फत पनि जानकारी लिन सक्नु हुनेछ । गैर आवासीय नेपाली संघ पोर्चुगल बिधिबत रुपमा ‎‎२१(०६(२००६ का दिन तत्कालिन अध्यक्ष श्री पूर्ण हमालज्युको नेत्रित्वमा पोर्चुगल सरकारको सम्बन्धित निकायमा दर्ता नम्बर ‎‎५०७७२३९४५ मा सामाजिक सस्थाको रुपमा दर्ता भएको जानकारी पनि गर्दछौ ।गैर आवासीय नेपाली संघ पोर्चुगल !!