राजु परियार र एस कुमारले पोर्चुगलमा नेपालीहरुलाई नचाउने

Published On: Wednesday, June 13, 2012 | Source: NRNA PORTUGAL

बाबुराम भुषाल लिस्वन, नेपालका चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक राजु परियारले पोर्चुगलमा रहेका नेपालीहरुलाई झ्याम झ्याम नचाउन आउने भएका छन् । नेपाली लोक दोहोरी क्षेत्रका राम्रो प्रभाव पारेका गायक परियार सँगै अन्य दुई चर्चित कलाकार एस कुमार र मञ्जु महत आउने छन् ।
गैह आवासिय नेपाली संघ पोर्चुगलको बार्षिक साधारण सभा तथा सास्कृतिक कार्यक्रममा पोर्चुगलमा बसोवास गर्दै आएका नेपालीहरुलाई यो अवसर जुट्ने छ । जुलाई ८ तारिक आइतवारका दिन माकेसपोम्वाल स्थित होटल फिनिक्समा दिनको १ बजेदेखि हुने संघको बाषिर्क साधारण सभा कार्यक्रम पछि ४ बजे देखि सास्कृतिक कार्यक्रम सुरु हुने छ । 
पर्यटन प्रवद्धन तथा नेपालमा लगानी भित्रयाउने, नेपाल पोर्चुगल सम्वन्धि उच्च स्तरको अन्तरसम्वन्ध विस्तार साथै पोर्चुगलमा नेपालीहरुका समस्यालाई पोर्चुगलका परराष्ट्रमन्त्रीसग छलफल तथा भेटघाटको लागि लिस्वन आउनुहुने फ्रान्सका नेपाली राजदुत मोहन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न हुने साधारण सभा तथा सास्कृतिक कार्यक्रमको लागि राजकुमार गुरुङ र कमल गुरुङको संयोजकत्वमा संघले एक कार्यदल गठन गरेको छ ।
सास्कृतिक कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउनको लागि संघले आफ्नो तयार व्यापक बनाएको छ युरोप भ्रमणका लागि आएका नेपालका चर्चित लोक तथा आधुनिक गायककारहरुले आफ्ना थुप्रै सांगीतक प्रस्तुतहरु पस्किने छन् गायक परियारका थुप्रै गीतहरुले नेपालीहरुको मन मुटु ओगटेको छ । पक्का पनि उनले आफ्ना अन्तै माया गास्नु पापिनी…, माया सँग…, रुमाल धोको छु…, मान्छे भन्दा ठूलो जात हुन्छ… र जस्ता चर्चित गीतहरु पस्किने छन् भने अर्का आधुनिक गायक एस कुमार ले पनि नेपालीहरुको मन मुटुमा बस्न सफल आफ्ना गीतहरु मैले छोएको पानी चल्दैन….., जानी जानी आइन तिम्रो …., यही बर्षतिमीलाई म बेहुली बनाउथे …जस्ता चर्चित गीतहरुले मनोरञ्जन प्रदान गर्ने छन् हैरौ न पोर्चुगलमा कसलाई बेहुली बनाउने हुन एस कुमारले