सेफले इदुआर्दोद्धारा प्रमाणीकरण गरेका डकुमेण्टको मान्यता नदिने

Published On: Sunday, June 3, 2012 | Source: NRNA PORTUGAL

बाबुराम भुसाल, लिस्वन-लिस्वनमा इदुआर्दो लिमोसबाट प्रमाणीकरण गरिने डकुमेण्टको मान्यता नहुने भए पछि नेपालीहरु समस्यामा परेका छन् । करिव २ बर्ष अगाडि देखिबाट लिस्वनस्थीत गाविनेट दि ट्रेदुसोइस साल्धानियमा प्रमाणीकरण गरिदै आएका नेपालीहरुका कागजपत्रहरुलाई अवबाट सेफले मान्यता नदिने भए पछि नेपालीहरु थप समस्यामा परेका छन् ।
नेपालको आधिकारीक कन्सुलर नभएको भन्दै इदुआर्दोलाई सेफले मान्यता नदिने भए पछि उनले नेपालीहरुका कागजपत्र प्रमाणिकरणको काम नगर्ने भएका हुन् । लिस्वनबाट पोर्तोमा सरेकी नेपाली कन्सुलर मारिया तेरेजाले नेपालीहरु लिस्वनमा धेरै भएका कारण आफ्नो अधिकार इदुआदोर् लाई दिएकी थिइन । नेपालीहरुले साल्धानियाबाट प्रमाणीकरण गरिदै आएका प्रहरी रिपोर्ट, विवाह दर्ता, जन्म दर्ता जस्ता कागजपत्रहरुको लागि अव पोर्तोमा पुग्नुपर्ने भएको छ । 
पोर्तोमा मारिया तेरेजाबाट निशुल्क हुने कामको लागि साल्धानियामा मोटो रकम बुझाउनुपरेको थियो । नेपाली छाप प्रयोग गरेर नेपालीहरुमाथी नै इदुआर्दोले व्यवसायीकरण गरेका थिए । उनले नेपाली परिचयपत्रको नाउमा १५ युरो नेपालीहरुबाट समेत उठाउदै आएका थिए । नेपाली छापको व्यवसायीकरणलाई विरोध गर्दै यहाँका सामाजीक सस्था र एनआरएनको पहलमा नेपाली कन्सुलर नेपालीमुलकै हुनुपर्ने माग भइरहेको छ ।
नजिकै प्रमाणीकरण हुने कागजपत्रहरु अव पोर्तोमा जानुपर्ने भएको भन्दै सामाजिक सस्थाहरुलाई दोषारोपण भएको अवस्था भएकाले पोर्तोबाट प्र माणीकरण गरिने कागजपत्रहरुको लागि एनआरएनले सहज प्रकृया अगाडि बढाउने एनआरएन पोर्चुगलका अध्यक्ष रमेशकुमार गुरुङले जानकारी गराउनु भयो ।