पोर्चुगलको महोत्वसमा नेपाली खानाका स्वाद प्रदर्शन

Published On: Wednesday, February 22, 2012 | Source: NRNA PORTUGAL

बाबुराम भुषाल, लिस्वन, फेब्रुवरी १७ – लिस्वन नगरपालीकाले आयोजना गरेको महोत्सवमा नेपाली खाना तथा उत्पादनहरु प्रदर्शन भएका छन् । ग्रैर आवासिय नेपाली संघ पोर्चुगलद्धारा नेपालमा उत्पादन भएका विभिन्न खाद्य बस्तु प्रदर्शन सँगै पोर्चुगिस तथा अन्य देशका पर्यटकहरुलाई नेपाली खानाका स्वाद समेत उपलब्ध गराइएको थियो । लिस्वनको ग्रासामा भएको महोत्सवमा नेपाली उत्पादनहरुको लागि एउटा बेग्लै स्टलमा चामल, मसला, गुन्द्रुक, दाल, विभिन्न प्रकारका मसला, भट्ट लगायतका खाद्यान्नहरु प्रदर्शन तथा विक्रीमा राखिएकेा थियो । पोर्चुगलका विभिन्न खाद्यान्न र उत्पादनहरु समेत समावेस गरीको उक्त महोत्सवमा नेपालीहरुको प्रतिनिधित्व ज्यादै आकर्षक थियो र नेपाल र नेपाली खानाहरुको बारेमा धेरैले जानकारी पाएका थिए । 
फेब्रुवरी ११ देखि १७ तारिक सम्म चलेको महोत्सवमा दिन सुक्का रोटी, समसा, गुन्दूकको सुप, करी, चिकन करी, प्राउनकरी, टिमुरको चिया लगायतका परिकारहरुको बारेमा गोविन्द सापकोटाले पर्यटकहरुलाई जानकारी दिनुभएको थियो भने शंकर खरेल, जनक कडेलले खानाहरु तयार पार्नुभएकेा थियेा । प्रदर्शनबाट नेपाल र नेपाली उत्पादनहरुको बारेमा पर्यटकहरुले राम्रो ज्ञान पाएको कुरा संघका कोषाध्क्ष सुरेन्द्र अमागाई बताउनुहुन्छ ।

संघले आफ्नो सहभागितालाई प्रभावकारी बनाउनका लागि संघले task force promotion foods aboard ICC का सदस्य झलक केसीको संयोजकत्वमा एक समिति बनाएको थियो । समितिका अन्य सदस्यहरु अन्य प्रतिनिधि सहिति डिल्लीराम चापागाई,सुरेन्द्र अमागाई, पेम्बा शेर्पा, दामोदर सुवेदी, बाबुराम भुषाल, विष्णु सापकोटा, लालवहादुर पुन,सोनाम योञ्जन लामा, सुमन चौलागाई रहनुभएको थियो।