बाषिर्क प्रतिबेदन-२०१२

Published On: Wednesday, July 4, 2012 | Source: NRNA PORTUGAL

बैदेशिक रोजगारिको सर्न्दर्भमा विदेशीने नेपालीहरुको संख्या दिन दुई  गुना रात चौगुनाको अनुपातमा बृद्धि भइरहेको छ । देशको वर्तमान अस्थिर राजनैतिक अवस्थाका कारणले वा देशमा आफ्नो योग्यता अनुसारको रोजगारी नपाएर वा जुनसुकै अवस्थामा होस्, विदेशीने नेपालीहरुको संख्या हजारौं रहेको छ । आफ्नो परिवारसंग छुटिनुको पिडा आफैमा छ भने त्यो संगै आफूले विदेशीनुभन्दा अगाडी गरेको कल्पना विदेशमा पुरा नहुदा  थप पिंडा भोग्नुपर्ने अवस्था विद्यमान छ ।

बिदेशीएका नेपालीलाई एकताको मालामा गा“स्दै नेपालीका लागि नेपाली भन्ने मूल नाराका साथ स्थापना गरिएको गैर आवासिय नेपाली संघ अहिले सम्म दक्षिण एशिया बाहेक विश्वका ६१ राष्ट्रमा रहेको कुरा हामी सबैलाई अवगत नै छ । 
पश्चिम यूरोपको अति रमणिय, पर्यटकहरुको प्रमुख केन्द्र, एटलान्टिक महासागरको किनारमा अवस्थित नेपालको हावापानी मिल्दो पोर्तुगलमा बसोबास गर्ने नेपालीहरु प्नि यस गैर आवासिय नेपालीहरुको महान अभियानमा हातेमालो गर्ने उद्देश्यका साथ १४ मार्च २००६ का दिन तदर्थ समितिको रुपमा स्थापना भएको गैर आवासिय नेपाली संघ पोर्तुगल धेरै चुनौती, कठिनाई र अप्ठ्याराहरुलाई पार गर्दै आज सम्पूर्ण  पोर्तुगलबासी नेपालीहरुलाई संगठित गर्दै साझा संस्थाका रुपमा स्थापित भएको छ । 
एन.आर.एन. पोर्तुगलको मे २०११ को तेस्रो अधिवेशनबाट निम्न अनुसारको कार्यसमिति गठन भएको थियो ।