प्रेस विज्ञप्ती

Published On: Source: NRNA PORTUGAL
प्रेस विज्ञप्ती
स्थापना काल देखी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलले नेपाली समुदायको हकहितका साथै पोच्र््ुगलस्थित सम्पूर्ण सामाजीक संघ, संगठन, राजनैतिक दलका भातृ संगठन, व्यबसायी, पत्रकार का साथ साथै पोर्चुगलबासी नेपाली आमा–बुबा, दाजु–भाई, दिदी–बहिनीहरु सगं हातेमालो गर्दै आगाडी बढीरहेको यहाँहरुलाई अवगतै छ । अबका आउँदा दिनहरुमा पनि नेपाली बिचको एकता, हाम्रो भाषा, संस्कृती, पहिचानका साथै आपसी मेल मिलापको निम्ती सबैको साथ र सहयोगको अपेक्षा गर्दै हामी सबैको सझा एन.आर.एन.ए. लाई अझ स–सक्त र प्रभावकारी बनाउनेतिर हाम्रो ध्यान सदैब केन्द्रित हुने नै छ ।
बिगत केही दिन देखी एन.आर.एन.ए.पोर्चुगलका उपाध्यक्ष श्री कान्छा राम बुढाथोकीको गतिबिधी संतोष जनक नरहनुका साथै उहाँलाई बोलाई उहाँको गतिबिधी प्रति सचेत समेत गराईसकिएको र अझ पनि पूर्ण सन्तोषजनक नभएको कारणले आजकै मितिबाट लागुहुने गरी निजलाई तिन महिनासम्म एन.आर.एन.ए.पोर्चुगलको सम्पूण जिम्मेवारीबाट निलम्बन गरीएको जानकारी गराउँदछौं ।
हामी सबैको एन.आर.एन.ए. भन्ने भावनाबाट अगाडी बढी अग्रगामी सोच, सामाजीक सदभाब र भाईचारालाई अझ स–सक्त बनाउन तपाईहरुको साथ र सहयोगको अपक्षा राख्दछौं ।
एन.आर.एन.ए. पोर्चुगल